मन्त्रीको खेतबारीमा सिँचाइ योजना
गोरखा – आफू गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री भएका बेला रामशरण बस्नेतले गोरखाको सिरानचोक गाउँपालिका–५ जरेवरमा सिँचाइ सुविधा पुर्याउन लिफ्ट सिँचाइ योजनाका लागि २०७५ सालमा बजेट विनियोजन गरिदिए । निर्माण कम्पनी र उपभोक्ता समितिबाट गरी करिब ६० लाख रुपैयाँबराबरको काम भयो ।
तर निर्माण कम्पनीले योजना बुझाएको अर्को दिनदेखि लिफ्ट चलेको छैन ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट निर्माण भएको यो योजनाबाट जरेवर क्षेत्रको २० हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य थियो। तर एक दिन पनि किसानको खेतमा यो योजनाबाट पानी पुगेको छैन। जरेवरमा तत्कालीन मन्त्री बस्नेतको पनि खेत छ ।
उक्त योजना अलपत्र परेकै बेला तत्कालीन मन्त्री बस्नेतले आर्थिक वर्ष २०७७र७८ मा सोही ठाउँमा भूमिगत डिप ट्युबवेल सिँचाइ प्रणाली नाम दिएर अर्को योजना पारे । एकै ठाउँमा फरकफरक योजनामा बजेट छुट्याउनुको कारण उनीसहित बस्नेत परिवारको खेत त्यहाँ धेरै हुनु हो । डिप ट्युबवेल पूर्वमन्त्री बस्नेतकै खेतमा बनाइएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE