म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत
म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएको हुन्
प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेवैका घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE