Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वमा  सार्वजनिक बिदा घोषणा गरेको छ । गण्डकी प्रदेश तमुहरुको उद्गम थलो मानिने भएकोले सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा घोषणा गरेको हो । प्रदेश सरकारलाई यस्तो विशेष अवसरमा बिदा दिन वर्षको ६ दिन  पाउने व्यवस्था अनुसार तमु ल्होसारमा  विदा दिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा  गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकबाट बिदा दिने औपचारिक निर्णय गराएका थिए।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति पनि जारी गरेर बिदाको जानकारी दिएको छ । ‘पौष १५ गते आइतबारका दिन तमु ल्होसार पर्व परेकाले गण्डकी प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा दिने गण्डकी प्रदेश सरकारबाट पौष १३ गते निर्णय भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ मानुन मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE