Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

कोरोना भाइरस सङ्क्रमण : पत्ता लगाउन कुकुरको प्रयोग

१४ असाेज 
काठमाडौँ – कोरोना भाइरसको संर्घषमा कुकुरहरु पनि सहभागी बनेका छन् । फिलिपिन्समा कुकुरहरु समाविष्ट एक परियोजना सञ्चालित छ । हेल्सिन्की भान्टा विमानस्थलमा स्वयमसेवी यात्रुहरु कपडाले आफ्नो घाँटी पुस्छन् । जसलाई कुकुरलाई सुघ्न दिइन्छ ।

कुकुर भुक्नुको अर्थ कोरोनाभाइरस भएको पत्ता लाग्नु हो ।

जसको परिणाम केही मिनेटमा नै आउछ । अनुसन्धानकर्ताहरुको अनुसार कुकुरहरु वास्तवमा लक्षण देखिनुभन्दा पहिला झण्डै पाँच दिन पहिले नै पत्ता लगाउछन् ।

कोभिड-१९ पत्ता लगाउन विशेष रूपमा तालिम दिइएका र सुँघेर विभिन्न कुराहरू पत्ता लगाउने कुकुरलाई हेल्सिन्कीस्थित एउटा विमानस्थलमा खटाइएको छ।

त्यसले कोरोनाभाइरसविरुद्धको लडाइँमा सहयोग पुग्ने ठानिएको छ। यो परिक्षणका लागि १५ ओटा कुकुरलाई प्रशिक्षण दिइएको थियो । ति मध्ये एक कुकुर कोेस्की जसले क्यान्सर पत्ता लगाउन सिपालु थियो ।

कुकुरले कोरोनापत्ता लगाउन सक्छ भन्ने कुरा तुलनात्मक रुपमा वैज्ञानिक अध्ययनबाट पुष्टि हुन बाँकी नै छ । त्यसैले कुकुरे सु्घेर पुछेपछि  कोभिडको शंका भएका यात्रुहरुलाई पीसीआर परीक्षणको लागि भनिन्छ ।

स्वेच्छाले आफ्नो नमनुना दिन चाहने यात्रुहरू यो परीक्षणमा सहभागी भएका छन् । यो परीक्षणले आशाजनक परिणाम देखाएको त्यसका अनुसन्धानकर्ताले बताएका छन्। तर अहिलेसम्म कुकुरसँग कोरोनाभाइरस पत्ता लगाउन सक्ने क्षमता भएको स्वतन्त्र रूपमा प्रमाणित भइसकेको छैन। विविसीबाट

WRITE COMMENTS FOR THIS ARTICLE