Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सरकारले नैतिक र राजनीतिक आधार गुमाइसक्यो : कांग्रेस

२१ चैत्र
काठमाडौं –
नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको छ। पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कमिटीको बैठकको ७ बुँदे निर्णय सार्वजनिक गरेका हुन्।

कांग्रेसको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको थियो।

नपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ वैशाख १७ गते सम्पन्न बैठकले केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाइसकेको ठहर गरेको थियो। त्यसपश्चात् पनि निरन्तर संविधानविरोधी र जनविरोधी क्रियाकलाप वर्तमान सरकारले जारी राख्योु विज्ञप्तिमा भनिएको छ, ुप्रतिनिधिसभा विघटन गर्ने कदमलाई नेपाली कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फको कदम ठहर गरेको थियो।ु

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि कांग्रेसले राजीनामा माग गर्नुको साथै आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। ​

WRITE COMMENTS FOR THIS ARTICLE