यस वर्षको ‘नोबेल शान्ति पुरस्कार’ डब्ल्यूएफपीलाई दिइने
२३ असोज
काठमाडौं – यो वर्षको ‘नोबेल शान्ति पुरस्कार’ विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी०लाई दिइने भएको छ । शुक्रबार ९आज० स्विडिस एकेडेमीले २०२० का लागि ‘नोबेल शान्ति पुरस्कार’ डब्ल्यूएफपीलाई दिने घोषणा गरेको हो ।
नोबेल कमिटीले ओस्लोमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमले भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाको लागि पहल गरेको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाएको छ ।
त्यस्तै, डब्लूएफपीले खाद्य सुरक्षालाई शान्ति स्थापनाको साधन बनाउँदै बहुपक्षीय सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको नोबेल कमिटीको बुझाइ छ । नोबेल पुरस्कार विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउने छन् ।
यो वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ, भने अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर १२ मा घोषणा हुने जनाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE