तीज गीत:पोहोर साल सोचेझैँ जिन्दगी रैनछ,ले तहल्का यसपालि चरी जेलैमा
२४ भदौ,काठमाडौँ-गत वर्ष ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीत निकै चर्चित थियो । खेम सेन्चुरी र मधु क्षेत्रीले गाएको सो गीतले बजार मात्र पिटेन कोरोना महामारीका कारण घरमै थुनिएर बस्नुपर्ने बाध्यताको पीडा पनि बोलेको थियो । सोही कारण गीतले निकै चर्चा बटुल्यो भने गायिका मधु यही गीतबाट रातारात हिट बनिन्।
गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको स्वर तथा नेत्र अर्यालको शब्द सृजना छ। संगीत भने गायक खेम सेन्चुरीकै छ। गीत युट्यबुमा एक करोड ७६ लाखभन्दा बढी पटक हेरिएको छ। यसपालिको तीजमा भने चरी जेलैमाले दर्शकको मन जितेको छ ।हिन्दु नारीहरूले बिहीबार हरितालिका तीज पर्व धूमधामका साथ मनाइरहेका छन् ।
निराहार व्रत बसेर शिवालयमा पूजाअर्चनासहित उनीहरू व्रत बसिरहेका छन्। खाली पेटमा रहेका उनीहरू विभिन्न गीत संगीतमा नाचगान पनि गरिरहेका छन्। तर, अधिकांश स्थानमा भने गायिका विष्णु माझीको स्वर रहेको ‘चरी जेलैमा’ गीत बज्ने गरेको छ।
तीज गीतको रूपमा तीन साताअघि सार्वजनिक ‘चरी जेलैमा’ अहिले हरेकको जनजिब्रोमा झुन्डिएको छ । बिहीबार तीजका अवसरमा यही गीत बढी प्रयोगमा आएको छ । नारीको वेदनामाथि तयार पारिएका कारण पनि चरी जेलैमाले दर्शक र स्रोताको मन जितेको छ।
सो गीत युट्युबमा एक करोड ७८ लाखभन्दा बढी पटक हेरिएको छ । विष्णु माझीको स्वर रहेको उक्तमा सुन्दरमणि अधिकारीको शब्द सृजना र संगीत रहेको छ। सुन्दरमणि र विष्णु माझी श्रीमान् श्रीमती हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE