Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कोविड१९ को दोस्रो सबै भन्दा बढी प्रभावित देश बन्यो भारत

२२ भाद्र
काठमाडौँप-छिल्लो २४ घण्टामा थपिएको ६ हाजर ८३ नयाँ संक्रमित सहित भारत कोरोना भाइरस संक्रमणको संख्याका हिसाबा दोस्रो स्थानमा पुगेको छ । भारतमा आइतबार एकैदिन हालसम्मकै सबैभन्दा धेरै ९१ हजार ७ सय २३ संक्रमित फेला परेको वर्ल्डोमिटर्सले जनाएको थियो । शनिबार पनि त्यहाँ एकैदनि ९० हजार ६ सय संक्रमित फेला परेका थिए । लगातार बढिरहेको यो दैनिक संक्रमित संख्या भारतभर मात्र नभएर विश्वमै अहिलेसम्मकै सर्वाधिक संख्या हो ।

तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । आइतबार नै भारतले ब्राजिललाइ समेत उछिनेर सर्वाधिक संक्रमित हुनेको दोस्रो स्थानमा उक्लिएको हो । हाल सर्वाधिक संक्रमित अमेरिकामा रहेका छन्, त्यहाँ कुल ६४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएका छन् । ब्राजिलमा भने कुल ४१ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिका र ब्राजिलमा आइतबार दैनिक संक्रमितको संख्या क्रमशः ३१ हजार १ सय १० र १४ हजार ६ सय ६ रहेको छ ।

भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यहाँ कोरोनाकै कारण आइतबार १ हजार ८ जनाको मृत्यु भएको हो । शनिबार पनि १ हजार ४४ जनाले ज्यान गुमाएका थिए । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७१ हजार ६ सय ८७ पुगेको छ । हाल विश्वभर कुल संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार नाघेको छ । कोरोनाका कारण अहिलेसम्म विश्वमा ८ लाख ८७ हजारभन्दा बढीको मृत्यु भइसकोको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE