Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

उद्यमी बनाउन एक अर्ब डेढ् करोड भन्दामाथि लगानी

२८ भदौ, काठमाडौँ – मुलुकभरका सातवटै प्रदेशमा ३६ हजार ४७९ जना नयाँ लघु उद्यमीहरू बनेका छन् । यो संख्या लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्ष २०७७ र ७८ मा ६३ हजार नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ५८ प्रतिशत मात्रै नयाँ उद्यमी सृजना भएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती नयाँ उद्यमी सृजना गर्नेदेखि लघु उद्यमीको स्तरोन्नति, प्रविधि हस्तान्तरण र साझा सुविधा केन्द्र (उद्यम घर) स्थापना गर्दासम्म १ अर्ब ६४ करोड रुपैयाँ लगानी भएको छ ।

मन्त्रालयबाट सञ्चालित कार्यक्रम ‘गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)’ मार्फत यस कार्यक्रमका लागि कुल २ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

मन्त्रालयका अनुसार एउटा नयाँ उद्यमी सृजना गर्दासम्म २५ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च भएको छ । सरकारले ३६ हजार ४७९ जना नयाँ लघु उद्यमी सृजना गर्न १ अर्ब रुपैयाँसम्म खर्चिएको छ । आर्थिक अभियान दैनिकबाट

WRITE COMMENTS FOR THIS ARTICLE