स्वास्थ्य मन्त्रालयद्वारा कक्षा १२ सहित सबै परीक्षा स्थगन गर्न प्रस्ताव
स्वास्थ्य मन्त्रालयद्वारा कक्षा १२ सहित सबै परीक्षा स्थगन गर्न प्रस्ताव
१८ साउन, काठमाडौं– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव राखेका छन्।
सोमबार भर्चुअल रूपमा गरिएको पत्रकार सम्मेलनमा ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्ने क्रममा मन्त्री श्रेष्ठले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सारेका हुन्।
मन्त्री श्रेष्ठले स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरी शिक्षा मन्त्रालयसँग छलफल गर्ने बताएका छन् ।
मन्त्री श्रेष्ठद्वारा जारी प्रतिबद्धतामा, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ,’ उल्लेख छ ।
यसअघि नै कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको थियो।
विद्यार्थीले होम सेन्टरबाटै १०० पूर्णाङ्कको परीक्षा दिने व्यवस्था गरिएको थियो।
जेठ २६ गते तय भएको कक्षा १२ परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो।
यसैगरी विश्वविद्यालय तहका परीक्षा पनि सञ्चालन भइरहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE