सावधानी अपनाएर सार्वजनिक सवारी चलाउनेबारे विभागसँग व्यवसायीको सहमति
श्रावण ४, काठमाडौँ
सार्वजनिक यातायात केन्द्रीय महासंघले सोमबारदेखि यातायात सञ्चालन गर्ने गरि विभागसँग आइतबार सहमति गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी सञ्चालन गर्नेबारे भने सोमबार यातायात व्यवस्था विभागसँग छलफल गर्ने भएको छ ।
मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने भएको हो । महासंघका महासचिव सरोज सिटौलाका अनुसार भोलि १ बजे यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले स्वास्थ्य सावधानी बलियो रुपमा नअपनाइ गाडी चलाउन नसकिने बताउनुभयो । उहाँले चालक, सहचालकको कोरोना स्वास्थ्य बीमा गराउने, कहाँ कहाँ गाडी रोक्ने र सुरक्षाका उपायबारे कार्यविधि बनिसकेको र अब विभागसँग छलफलपछि निर्णयमा पुगिने बताउनुभयो ।
सरकारले कोरोना संक्रमण दर घट्दै गएको भन्दै असार २३ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयअनुसार यातायात सञ्चालन गरिने छ । उक्त बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र र उपत्यका बाहिर जिल्लाभित्र मात्रै सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो । त्यसपछि उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु गुड्न थालिसकेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE