Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

शुक्रबार कांग्रेस संसदीय दलको बैठक बस्दै

फागुन २१
काठमाण्डौ –
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शुक्रबार  पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरमा ल्होत्से हलमा बस्दैछ ।

बैठकमा प्रतिनिधिसभाको आउँदो बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने एक नेताले जानकारी दिनुभयो । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।

प्रतिनिधिसभाको पुनःस्थानापछि भने कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा त्यसबारेमा समेत सांसदको राय लिइने बताउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE