Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

अध्यक्ष कमल थापामाथि गुटबन्दीको आरोप

२२ आश्विन, काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पाँचथर भ्रमणको क्रममा पूर्व राप्रपा नेपाल पक्षलाई मात्र भेट गरेपछि उहाँलाई गुटबन्दीको आरोप लागेको छ ।

राप्रपा एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्षहरुले गीता छोएर कहिले पार्टी विभाजन नगर्ने कसम खानुभएको थियो । तर यसरी एक भएको राप्रपामा अध्यक्ष थापा कै भ्रमणको दौरान पाँचथरमा यस्तो अनौठो घटना देखियो ।

अध्यक्षको भ्रमणमा पक्षधरताको प्रश्न उठेको एक नेताले बताउनुभयो ।  पाँचथरमै रहेका केन्द्रीय नेता सगुन सुन्दर लावती लगायतलाई भेट गर्ने कार्यक्रम थापाले तय गर्नुभएको थियो  । असोज १९ गतेको निर्धारित कार्यक्रममा पर्खेर बसेका नेता कार्यकर्तालाई भेट्न थापा निश्चित स्थानमा तर पुग्नुभएन ।

टुट र फुटको विगतपछि एक भएको राप्रपा हाल महाधिवेशनको तयारीमा छ । केन्द्रीय महाधिवेशन कार्तिक मसान्तलाई तोकिएको छ । असोज २० गतेसम्म सबै जिल्लाका अधिवेशन सम्पन्न नभएको कारण, महाधिवेशनको म्याद पुनः थपिने सम्भावना छ ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

 

WRITE COMMENTS FOR THIS ARTICLE