महामारीमा फसेको बेला सरकारले पैसा उठाउनेमात्रै काम गर्यो : सभापति देउवा
२४ भाद्र
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोराेनाको नाममा पैसा उठाउने काम गरेको आरोप लगाउनुभएको छ । उहाँले देश कोरोनाको महामारीमा फसेको बेला सरकारले भने पैसा उठाउनेमात्रै काम गरेको बताउनुभएको छ ।
यो सरकारले भ्रष्टाचार गर्ने र पैसा उठाउनेबाहेक कुनै काम गरेन, पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको बीपी जयन्तीको भर्चुअल गोष्ठीमा सभापति देउवाले भन्नुभयो ।
कोरोना संक्रमण निकै धेरै फैलिएको भए पनि सरकारले अस्पताल लगायतका तयारी नगरेको देउवाले बताउनुभयो ।
गोष्ठीमा उनले बीपी कोइराला सानो देशका ठूलो नेता भएको पनि बताउनुभयाे । देवाले भन्नुभयाे, उहाँ समावेशी हुनुहुन्थ्यो, उहाँको मन्त्रिमण्डलमा महिला र जनजातिहरु थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE