Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कोभ्याक्समार्फत अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

कोभ्याक्समार्फत अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

२८ असार, काठमाडौं– संयुक्त राज्य अमेरिकाले उपलब्ध गराएको जोनसोन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।

अमेरिकाले कोभ्याक्समार्फत दिएको एक डोज मात्र लगाए हुने खोप काठमाडौं आइपुगेको हो ।

उक्त खोप कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजे आइपुगेको खोप अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।

हस्तानतरणका क्रममा अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवनरक्षाका लागि बरदान सावित हुने स्वास्थ्यमन्त्री श्रेष्ठले बताउनुभयो ।

उक्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको र कस्लाई दिने भनेर छिट्टै निर्णय गरि खोप अभियान सुरु गरिने उहाँले बताउनुभयो ।

उक्त खोप नेपाललाई अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको हो ।

हस्तानतरणका क्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा खोप उपहारस्वरुप प्रदान गरेको जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE