Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बैतडीमा जीप दुर्घटनाः दुईको मृत्यु, १० घाइते

बैतडीमा जीप दुर्घटनाः दुईको मृत्यु, १० घाइते

२० असार, काठमाडौं– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले बताए ।

यस्तै घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

सिगास गाउँपालिका ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिह धामी र ४० वर्षीय गौमती साउदको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाउने तयारी भइरहेको छ ।

जीप सडकबाट करिब ५० मिटर तल खसेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE