भारतद्वारा नेपाल सरकारलाई २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान
२३ कात्तिक
काठमाडौँ, – विद्यमान विश्वव्यापी महामारी कोभिड–१९विरुद्ध लड्न सहयोग पुर्याउने प्रयास अनुरुप भारतीय भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।
कोभिड–१९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई थप सहयोग गर्न हेतु भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २०७७ कार्तिक २३ गते २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गर्नुभयो ।

यस अघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट ९आरटी–पिसिआर०, श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ ।
हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहो¥याउनुभयो । साथै, उहाँले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE