Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेकपा एमाले नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू

३ चैत
काठमाडौं –
नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ। भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।

भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ।

सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको पद खोसेपछि एमाले विभाजित भएको छ।

ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE