Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

ललितपुरमा कर्फ्यु जारी : जिल्ला नाका प्रवेश गर्न खोज्ने सवारी साधन फर्काइए (फोटोफिचर/भिडियाे)

१९, भाद्र 

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । जारी कर्फ्यु लागू भएसंगै जिल्ला नाकाबाट प्रवेश गर्न खाज्ने सवारी साधन फर्काइएको छ । अति आवश्यक सवारी साधन तथा मानिसलाई पनि कडा चेकजाँच गरी जिल्ला प्रवेश दिइएको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि यो आदेश जारी भएको हो ।

जारी आदेश उल्लंघन गरेर घरबाट बाहिर निस्केमा वा अन्यकाम गरेका सुरक्षाकर्मीले गोली समेत  हान्न सक्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE