Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

हराएका १८ थान मोबाइल फिर्ता

काठमाडौँ-हराएका १८ थान मोबाइल प्रहरीले फिर्ता गरेको छ । मकवानपुर प्रहरीले १८ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो  । प्रहरी निरीक्षक मधु अधिकारी नेतृत्वमा मोबाइल खोजी गर्न प्रहरीे टोली परिचालन गरिएको थियो ।

करिब तीन लाख साठ्ठी हजार रुपैयाँ बराबरका मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीले जिल्लाभित्रका १३ जना र जिल्लाबाहिरका ५ जनाको मोबाइल खोजी गरी फिर्ता गरेको हो । प्रहरीले दूरसञ्चारसँगको सहकार्यमा हराएको मोबाइल खोजी गर्ने गरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE