Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

संसद विघटनपछिका मन्त्रीहरुको पद ‘कोल्याप्स’ भएपछि एक मन्त्रीकै भागमा पाँच मन्त्रालय !

संसद विघटनपछिका मन्त्रीहरुको पद ‘कोल्याप्स’ भएपछि एक मन्त्रीकै भागमा पाँच मन्त्रालय !

१० असार, काठमाडौं– सर्वोच्च अदालतले २१ जना मन्त्रीहरुलाई पदमुक्त गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ।

मन्त्रीपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

यस्तै उहाँले कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मा दिनुभएको छ ।

मन्त्री बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधारसहित कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक

उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयको विज्ञप्तीमा उल्लेख छ।

सर्वोच्च अदालतले संसद विघटनपछि बनाइएका मन्त्रीहरुलाई पदमुक्त गरिदिएपछि बाँकी रहेका ५ जना मन्त्रीहरुको जिम्मेवारी थप गरी हेरफेर गरिएको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE