Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

काभ्रेमा लागूऔषध सहित एक जना पक्राउ

१४ फागुन
काठमाडौँ –
काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–९ मंगलटार बजारबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–१० बस्ने २२ वर्षीय घर्मेन्द्र कुमार रहेका छन्। उनको साथबाट प्रहरीले एक सय थान डाइजेपाम, एक सय थान फेनारगन र एक सय थान नोर्फिन बरामद गरेको छ।

प्रहरीले उनलाई आवश्यक कारवाहीका लागि बरामद लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE