६ महिनापछि खुलेको लाइसेन्सको अनलाइन आवेदन तिन दिनमै बन्द
११ कार्तिक, काठमाडौँ – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ।
प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ।
सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द गरिएको विभागले जनाएको छ ।
विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ । ‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।
कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE