‘पाँच वर्ष नै सम्झिने नेतृत्वलाई जिताउन आग्रह’ : श्याम पोख्रेल
४ आश्विन,धरान – नेपाली कांग्रेस १४ औं महाधिवेसन अन्र्तगत धरान नगर सभापतिका प्रत्यासी उम्मेद्वार श्याम पोख्रेलले चार वर्ष एघार महिना बिर्सिने र एक महिना सम्झिने नेतृत्वलाई हैन पाँच वर्ष नै सम्झिने नेतृत्वलाई जिताउन आग्रह गर्नु भएको छ ।
आईतबार धरान वडा नं. १२ स्थित पूर्वी होटलमा आयोजित क्षेत्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्दै नगर सभापतिका प्रत्यासी उम्मेद्वार पोख्रेलले नगर अधिवेसनको पूर्व सन्ध्यामा यस्तो आग्रह गर्नु भएको हो । उहाँले धरानको २० वटा अधिवेसनमध्ये अधिकांश वडाका क्षेत्रिय प्रतिनिधिहरुसँग भेटघाट कार्यक्रम गरिसकेको जानकारी दिदै अब ४–५ वटा वडाका क्षेत्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्न बाँकी रहेको बताउनुभयो ।
सभापतिका प्रत्यासी उम्मेद्वार पोख्रेलले यो नेतृत्व परिवर्तनको अधिवेसन रहेको बताउँदै पार्टीलाई चलायमान बनाउन आफ्नो प्यानल सक्षम रहेको दाबी गर्नुभयो । १३ औं महाधिवेसनपछि धरानको कांग्रेसमा आकर्षण बढेको उहाँको भनाई छ । ‘अब पनि सहि नेतृत्व आउन सकेन भने कार्यकर्तामा मात्र नभई पार्टीमा समेत ठूलो समस्या निम्तिन्छ,’ उहाँले भन्नुभयो ।
१३ औं महाधिवेसनपछिका नेतृत्वले गरेका हरेक गतिविधिहरुलाई आफ्नो नेतृत्वले मात्र निरन्तरता दिनसक्ने उहाँले बताउनुभयो । उहाँले १२ औं महाधिवेसनका नेतृत्वले पार्टी कार्यालय भवन बनाउँछु भनेर चन्दा संकलन गरेर पैसा हिनामिना गरेको, अहिलेसम्म फर्छौट नगरेको आरोप लगाउनुभयो । उहाँले १३ औं महाधिवेसनबाट आएको नेतृत्वले हरेक वर्ष हिसाबकिताबको अडिट गरि पार्टी कार्यालय भवन पनि निर्माण गर्न सफल भएको बताउनुभयो ।
उहाँले आफ्नो प्यानलका उम्मेद्वारहरु पार्टी, जनाताप्रति ईमान्दार र फ्रेस रहेको बताउनुभयो। पोख्रेल प्यानलको उपसभापति पदमा नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बुको उम्मेदवारी रहेको छ । प्रविण राई धरान वडा नं. १८ का वडाअध्यक्ष हुन् भने सन्तोष लिम्बु वडा नं. ५ का वडाअध्यक्ष हुन् । यस्तै, सचिवमा हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार रहेका छन् भने सहसचिव पदमा शिला बज्रचार्य र युनेस राना मगर उम्मेदवार रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, सचिव महेन्द्र प्रधान, कांग्रेस सुनसरी जिल्ला सदस्य माधव घिसिङ, कांग्रेस पूर्व नगर सचिव एवं मेयरका स्वकिय सचिव राजेशमान श्रेष्ठ, वडा नं. १२ का वुथ सभापति सरोज भट्टराई लगायतले जितको शुभकामना दिनुभएको थियो । नेपाली कांग्रेसको नगर अधिवेसन असोज ९ गते हुँदैछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE