अमेरिकामा प्रतिमिनेट र हाम्रो देशमा प्रतिदिन बराबर संख्यामा बलात्कार हुन्छ : गृहमन्त्री थापा
१४ असोज
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले विश्वका अन्य देशको तुलनामा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको बताउनुभएको छ ।
उहाँले सोमबार (आज) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विश्वका सवा दुई सय देशको अवस्थालाई विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको बताउनुभएको हो ।
त्यस्तै, उहाँले नेपालमा प्रत्येक दिन ६र७ वटा बलात्कारको घटना हुने गरेको स्वीकार गर्दै त्यस्ता घटना न्यूनीकरण गर्नका लागि सरकारले अधिकतम प्रयत्न गरिरहेको बताउनुभयो ।
बलात्कारका घटना बढेपनि विश्वमै नेपालको स्थान धेरै पछाडि रहेको र पछाडिबाट हेर्दा नेपाल टप १५ मा रहेको उहाँले बताउनुभयो । त्यस्तै, उहाँले संयुक्त राज्य अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको सुझाउनुभयो ।
बलात्कारका घटनामा अमेरिका टप १० मा पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘अमेरिकामा बलात्कारका घटना प्रतिमिनेट सात वटा हुने गरेको कुरा आएको छ । दक्षिण अफ्रिकामा बलात्कारका घटना धेरै हुने गरेको छ ।’
यसैबीच उहाँले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न ढिलाई भएको स्वीकार गर्दै अपराधीलाई कानूनी कठघरामा ल्याउन आफूहरु निरन्तर लागिपरेको बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE