Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

काठ्माडौँमा थप अर्काे एक व्यक्तिमा भेटियो कोरोना भाइरस, यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तिन पुग्यो

विश्वर कोभिड-१९ संक्रमितको संख्या ४ लाख २३ हजार ८ सय ८२

काठमाडौं-नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले गरेको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले पनि आफ्नो वेबसाइटमा कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख गरेको छ ।

टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले अर्को एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको जनाएको छ तर नयाँ संक्रमित व्यक्तिका बारेमा थप खुलाइएको छैन । यससँगै नेपालमा संक्रमितको संख्या ३ पुगेको हो ।
सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।
४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले देशभर बन्दामन्दीको घोषणा गरेको थियो ।
नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । यो समाचार तया पादा सम्म विश्वर कोभिड-१९ संक्रमितको संख्या ४ लाख २३ हजार ८ सय ८२ पुगेको छ भने मृत्यु हुने को संख्या १८ हजार ९ सय २६ पुगेको डब्लु एच ओको तथ्याङ्क छ । विश्व भर जम्मा १ लाख ९ हजार १ सय ७३ जाना उपचार पछि निको भएर डिस्चार्ज गरिएको डब्लु एच ओको तथ्याङ्क छ ।

WRITE COMMENTS FOR THIS ARTICLE