Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

सन्त महगु केवटको ह त्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१२ कात्तिक
काठमाडौँ – नवलपरासीमा ह त्या गरिएका सन्तको ह त्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत सोमबार ज्ञापनपत्र बुझाएको हो । परिषद्ले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण भएको भन्दै सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध ह त्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत बनेको ज्ञापनपत्रमा परिषद्ले उल्लेख गरेको छ । ह त्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाहीको माग गर्दै मृ तक सन्तलाई सहिद घोषणा गर्न समेत माग गरेको छ ।

हिन्दू परिषद्ले बारम्बार हिन्दू आस्थामाथि आँच आउने गरी ह त्या, हिं सा आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको आक्षेप समेत लगाएको छ । यस किसिमको ह त्या–हिं साविरुद्ध सरकारले विशेष पहल गरी समयमै आ प राधिक तत्वलाई निरुत्साहित गर्न अपिल समेत गरेको छ ।
यस्तो विश्व हिन्दू परिषद नेपालले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र

WRITE COMMENTS FOR THIS ARTICLE