Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

नेपाली एकाङ्की नाटक प्रतियोगिता सम्पन्न

ललितपुर माध्यमिक विद्यालयले जुनियर स्कुल नेपाली एकाङ्की नाटक प्रतियोगिता- २०८० सम्पन्न गरेको छ । अन्तर सदनात्मक रुपमा प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा एलिफेन्ट समूहको तर्फबाट सबैको एउटै मर्म नामक नाटक प्रस्तुत गरिएको थियो । हक्स समूहको तर्फबाट मानवताको पूजा नामक शीर्षकमा विभिन्न विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । यस्तै, लायन समूहको तर्फबाट सद्दे बौलाहा नामक शीर्षकमा विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।

 

यस्ता प्रतियोगिताहरुले विद्यार्थीमा सिर्जनात्मक कलाको विकास हुने निर्देशक डा. उत्तमराज त्रिपाठीले बताए । साथै यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई थप प्रोत्साहन गर्ने पनि उनको विश्वास छ । विद्यालयका प्रधानाध्यापक चेतन थपलियाले यस्ता कार्यक्रमहरु विद्यालयले पटकपटक आयोजना गर्दै आइरहेको र यस्ता कार्यक्रमले किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञानलाई बढी प्रोत्साहन गर्ने गरेको दाबी गरे ।

 

प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE