Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे सरकारी सुविधा नलिने घोषणा

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे सरकारी सुविधा नलिने घोषणा

१८ साउन, काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

आज (सोमबार) आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सेवा सुविधा नलिने घोषणा गरेका हुन् । यो सँगै श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने भएका हुन् ।

मन्त्री श्रेष्ठले आफू मन्त्री रहुञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि बताए ।

‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु,’ राज्यमन्त्री श्रेष्ठले भने ।

हालसम्म आफू संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमा नै त्याग गरिसकेको उनले बताए ।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठ १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई राज्यमन्त्री बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना हुँदै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE