Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

माइतीघरमा युथफोर्सको शक्ति प्रदर्शन, ‘भ्याली कमाण्ड’ घोषणा

९ साउन, काठमाडौँ – नेकपा एमाले निकट युवाहरुको संगठन युथ फोर्सले काठमाडौँमा  शक्ति प्रदर्शन गरेको छ । ओली समूहले खडा गरेको युथफोर्सले हजारौंको संख्यामा आज मोटरसाइकल र्‍यालीसहित वृहत मार्चपास गरेको हो ।

मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य गरिने युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो ।

उक्त मार्चपास सम्पन्न गरी कार्की व्याङ्क्वेटमा एमालेले काठमाडौँका युथफोर्स ‘भ्याली कमाण्ड’समेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित हुने आयोजकले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE