काठमाडौ उपत्यकामा एकैदिन १५ सय ९९ मा संक्रमणको पुष्टि
१८ असोज
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ९९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ हजार ३ सय ७३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ८७ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २९ हजार ३ सय ९१ पुगेको छ । यसमध्ये काठमाडौमा २३ हजार ४ सय ६०, ललितपुरमा २ हजार ७ सय ७२ जना र भक्तपुरमा २ हजार ४ सय ९० जना संक्रमित छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE