Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

५ साउन, काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसदले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन्। सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए।

एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० जनाले मतदान बहिस्कार नै गरेका थिए।

एमालेमा सांसदले असहयोग गरेका कारण पार्टीभित्रको संकटबाट उम्किन एमाले अध्यक्ष केपी ओलीलाई निकै चुनौती थपिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा लिएको विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मात्रै मत खस्यो। यसले १२१ सिट संख्या भएको एमाले पार्टीको धरातल कमजोर हुन पुग्दा पार्टी नै धरापमा परेको छ।

अदालतले अपदस्थ गरेका प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रको विवाद मिलाउन नसक्दा कै समस्याले यो अवस्थाको सिर्जना भएको विष्लेषण छ। ३३ जनाले ह्विप उल्लंघन गरिरहँदा ३१ जना माधव नेपाल पक्षकै हुन्। एमाले पार्टीले तटस्थसमेत नबस्न ह्विप जारी गरेको थियो। रावलले राजीनामा र १० जना नेपाल समूहका सांसदले मतदान बहिस्कार गरेपछि देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका २२ जनामध्ये १४ र ओली समूहका ८ जना देखिए पनि अन्तत दुई जना मात्रै ओली समूहका हुन्। यद्यपि उनीहरूमध्ये ६ जना केही महिना अघि मात्र माधव नेपाल समूहबाट ओली समूहमा गएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE