Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सीडीओहरुको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सीडीओहरुको बैठक बस्दै

१० साउन, काठमाडौं– कोरोना संक्रमण उपत्यकामा बढ्न थालेपछि प्रशासन कार्यालयले उपत्यकामा निशेधाज्ञा थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक आज बस्दैछ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘बैठक बोलाइएको छ। सम्भवतः निषेधाज्ञा थप गर्ने तयारी गरिरहेका छौँ’, ।

उपत्यकामा सार्वजनिक सवारी, पसल लगायतका क्षेत्र खुल्ला गर्दा पुनः कोरोना संक्रमण बढेको विज्ञहरुले बताएका छन् । जसकारण केही क्षेत्रलाई कडाइ गरेर निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको उनले बताए ।

हाल होटेल तथा रेष्टुरेष्टमा टेकअवे सेवा दिन भनेपनि त्यस्तो नभएकाले यस क्षेत्रलाई थप कडाइका साथ अनुगमन गर्ने तयारी रहेको बताइएको छ ।

शनिवारबाट लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न खुल्ला गरिएको छ। देशभर दोस्रो लहरको कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ।

काठमाडौं उपत्यकाभित्र पछिल्लो समय दैनिक ३ सयसम्म झरेको कोरोना संक्रमितिको सङ्ख्या अहिले बढेर ७ सय नाघेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE