Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए

नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए

एजेन्सी– नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एक एम्बुस आक्रमणमा १३ प्रहरी मारिएका छन् ।

प्रहरी स्रोतले सोमबार दिएको जानकारी अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण गरेका थिए । यस आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले आतङ्कित पारेका छन् । उनीहरूले गाउँमा छापा मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने काम गर्दै आएका छन् ।

आक्रमणकारीहरु नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जानकारी दिएको छ । डाकुहरूले यसअघि नजिकैको म्याग्मी समुदायलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त आक्रमण प्रयासलाई सेनाले विफल पारेका जनाइएको छ ।

गत दुई वर्षमा नाइजेरियाका ८० हजार भन्दा बढी व्यक्ति आतङ्कका कारण छिमेकी देश नाइजरमा विस्थापित भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE