विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
२४ कात्तिक
काठमाडौं – विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई ‘निमित्त प्रमुख’ रूपमा जिम्मेवारी दिएको हो ।
मन्त्रालयले शाक्यलाई वरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिनुभयो । शाक्यले आजैदेखि प्राधिकरणको पदभार सम्हाल्नुहुने उहाँको भनाइ छ ।
यसअघि तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो ।
यसअघि शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा जानुभएकोमा ऊर्जामन्त्री पुनले गएको शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिनुभएको थियो । त्यसगत्तै उहाँलाइ निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । वरिष्ठता अनुसार शाक्यलाइ जिम्मेवारी दिइएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE