एक्कासि प्रदूषणले ढाक्यो, शुक्रवार नै ४ सय ३७ ठाउँमा डढेलो
१४ चैत
काठमाडौँ – वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो ।
शुक्रबार दिउँसो एक्कासि वायु प्रदूषणका कारण आँखा पोलेको सबैले महसुस गरेका थिए । उपत्यकावासीले धुवाँ र धुलो मिसिएको हावाले भिजिबिलिटी कम भयो । धुवाँ र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो ।
दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो । साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर थियो तर ३ बज्दा त्यो १ हजार मिटरमा झरिसकेको थियो ।
स्विट्जरल्यान्डको आईक्यूएआइआरका अनुसार शुक्रबार अपराह्न काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो । जसका अनुसार शुक्रबार काठमाडौं संसारका प्रदूषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो । काठमाडौंपछि चीनको राजधानी बेइजिङ (१८८)र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १७४ पुगेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE