Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

नोकियाले ल्यायो ५ ओटा क्यामरा भएको स्मार्टफोन

काठमाडौं – नोकयाले ५ ओटा क्यामरा भएको स्मार्ट फोन ल्याएको छ ।  विश्व बजारमा नै पहिलोपटक नोकियाले ५ ओटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले नोकिया ब्रान्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले ‘नोकिया नाइन पियोर भ्यू’ सार्वजनिक गरेको हो ।

 

एचएमडीले नोकिया नाइन पियोर भ्यूको मूल्य ६९९ डलर तोकेको छ । मार्च महिनासम्म नोकिया नाइन केही प्रमुख बजारमा मात्र उपलब्ध हुनेछ । सो मोबाइलको ५ ओटा क्यामेराहरु रहेका छन्, जसमध्ये २ ओटा क्यामेराले रगिंन तस्विर खिच्न सकिने छ । बाँकी तीन वटा क्यामरा ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटोग्राफीको लागि उपयुक्त रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE