महाकाली नदीमा पहिलो पटक जलयात्रा सुरु
१७ फागुन
काठमाडौँ – कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर–१२ को निर्माणाधीन महाकाली चारलेन पुलबाट झुलुङ्गे पुलसम्म साहसिक जलयात्रा ९र्याफ्टिङ० सेवा सुरु भएको छ ।
महाकाली र्याफ्टिङ एण्ड रिर्सोट प्रालिले पर्यटनलाई लक्षित गर्दै शाहसिक जलयात्रा सुरु गरेको कम्पनीका सञ्चालक करन सिंह पालले बताएका छन् ।
उनका अनुसार महाकाली नदीको ३ दशमलव ५ किलोमिटर दूरीमा सेवा सञ्चालन गरिएको छ। स्थानीय युवा गजेन्द्र चन्द, करन सिंह पाल र सञ्जय कुमार भट्टले महाकालीमा पहिलो पटक व्यवसायिक र्याफ्टिङ सेवा सुरु गरेका हुन्।
‘सुदूरपश्चिममा थुप्रै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो’ सञ्चालक पालले भने, ‘नयाँ पर्यटकीय गन्तव्यको विकास गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरि स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्ने उद्देश्यका साथ र्याफ्टिङ सञ्चालनमा ल्याएका छौँ ।’
कम्पनीले र्याफ्टिङका लागि महेन्द्रनगर बजारबाट यातायातको समेत व्यवस्था गरेको छ । चाँडै नै रिर्सोट समेत सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक पालले बताए। महाकालीमा घुम्न आउने पर्यटकहरुलाई लक्षीत गरि आवाससहित रिर्सोट सञ्चालन गरिन लागेको संचालकले बताएका छन्।
रिर्सोटका लागि जग्गा भाडा लिएर संरचना निर्माणको तयारी भइरहेको उनीहरुको भनाइ छ। महाकालीन निर्माण भइरहेको चारलेनको पुल र एशियाकै दोस्रो लामो झुलङ्गे पुल घुम्न आउने पर्यटकका लागि र्याफ्टिङ आर्कषणको केन्द्र बन्ने सम्भावना रहेको छ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लले र्याफ्टिङ सञ्चालनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । र्याफ्टिङलाई एडभन्चरीयर गेमको रुपमा लिने गरिएको बताउँदै अध्यक्ष मल्लले भने, ‘महाकाली घुम्न आउने पर्यटकका लागि नयाँ गन्तब्य थपिएको छ, यसले यस क्षेत्रको पर्यटन पवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE