Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

अवैध लागूऔषधसहित एक पक्राउ

अवैध लागूऔषधसहित एक पक्राउ

२८ जेठ, काठमाडौं– कञ्चनपुरको बेलडाडी गाउँपालिका–२ स्थित बेलडाँडी बजारबाट अवैध लागू औषध सहित एक जनालाई पक्राउन गरेको छ । प्रहरीले १ ग्राम ५ सय ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ बस्ने २८ वर्षीय दिपक सिह ठकुराठीलाई रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले सु.प.प्र.०१.००८ प ६००५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारेको हो ।

प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE