Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

सिन्धुपाल्चोकमा आएको बाढीमा हराएकामध्ये एक जनाको शव भेटियो

२ असार, काठमाडौँ – सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा हराएकामध्ये एक जनाको शव भेटिएको छ भने आठ जना हराइरहेका छन् । बाढीमा बगेर हराएकाहरू जीवितै भेटिने सम्भावना कम भएको स्थानीयवासीले बताएका छन् । बाढीमा फसेकामध्ये ४३ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । केहीलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिएको छ ।

हेलम्बु र पाँचपोखरीका फरक दुई नदीबाट उर्लिएको बाढीले इन्द्रावती करिडोरमा मानवीय क्षतिसहित ठूलो क्षति गरेको छ । बाढीले सयौँ घरटहरा, कृषि फर्म, सवारी साधन, सडक लगायत संरचना बगाएको हो । बाढीले मेलम्ची नगरपालिकाको सिटी पार्कको चिह्नसमेत नराखी बगाइदिएको छ । १२ करोड लगानीमा निर्माणाधीन सिटी पार्क उद्घाटनको तयारीमा थियो ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र प्रमुख व्यापारिक केन्द्र मेलम्ची जोड्ने पक्की पुल बाढीले बगाएको छ । बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको आयोजनाको हेडवक्स स्थलमा पनि क्षति पुर्‍याएको छ  ।

 

WRITE COMMENTS FOR THIS ARTICLE