Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

युवाहरु मिलेर दाङमा विपन्न परिवारलाई खाद्यन्न समाग्री वितरण

१५ असार, काठमाडौँ – काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरिरहेका युवा समाजसेवीहरु मिलेर दाङको तुल्सिपुर उपमहानगरपालिका-१८ सातकुलेमा आर्थिक विपन्न, अपांग, एकल महिला, भुमिहिन, दैनिक ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्ने घर परिवारलाई  खाद्यन्न समाग्री वितरण गरेको छ ।

कोरोना भाइरस तथा  निषेधाज्ञाको कारणले गर्दा दैनिक जिबिकोपार्जन गर्न समस्यामा परेका करिब ४० घर परिवारहरुलाई खाद्यन्न समाग्री वितरण गरेको हो ।

प्रत्येक परिवारलाई १ बोरा चामल, १ बक्स  चाउचाउ, २ प्याकेट नुन, २ लिटर तेल, २ पोका भुजिया, ४ वटा साबुन, २ प्याकेट माक्स र २ केजी दाल वितरण गरेको युवा ब्यावसाय अबिसेक कार्कीले बताउनुभयो ।

 

 

कार्कीको अनुसार उहाँहरुले काठमाडौंमा रहेको पेशा व्यवसाय गरिरहेका व्यक्तिहरुसंग सहयोग उठाएर दाङको सातकुलेमा खाद्यन्न सहयोग गरेको बताउनुभयो । उक्त क्षेत्रमा रहेको विपन्न परिवारहरु कारोनाको कारण गरिएको निषेधाज्ञाको कारण समस्यामा परेको जानकारी पाएपछि सुवास डंगोल, श्याम थापा मगर लगायत युवाहरु मिलेर सहयोग संकलन गरी उक्त ठाउँकामा पुगेर खाद्यन्न समाग्री वितरण गरेको कार्कीले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE