Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

माओवादी केन्द्रले कारवाही गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

माओवादी केन्द्रले कारवाही गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

१५ असार, काठमाडौं– सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका जनप्रतिनिधिलाई पुनर्वाहली गर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिने गरी पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको हो  ।

सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE