मगर बिजनेश कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
- अनिता थापा मगर
१४ चैत
रामेछाप – मगर बिजनेश कम्पनी लिमिटेडले रामेछापको मन्थलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “आर्थिक समृद्धिको लागी ब्यवसायिक अभियान” भन्ने मुल नाराको साथमा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । २० करोडको लक्ष्य र २ करोड पच्चीस लाखको पुजी चुक्तामा मगर बिजनेश कम्पनी संचालनमा आएको मगर बिजनेश कम्पनी लिमिटेडका अध्यक्ष सरोज पुलामी मगरले जानकारी दिनुभएको छ ।
देशैभरी छरिएर बसेका करिब ४० लाख मगरहरुलाई रोजगारी दिने गरी देशैभरी यो कम्पनी संचालन गरिने अध्यक्ष पुलामी मगरले जानकारी दिनुभयो । उहाँको अनुसार मगर बिजनेश कम्पनीको संचालक समिती ७ जना रहेको छ । उक्त कम्पनी बहुआयमिक समेत भएको जानकारी उहाँले दिनुभयो ।
मगर बिजनेश कम्पनीमा मगर बजार,मगर होटल तथा पर्यटन ,यातायत,रियल स्टेट,निमार्ण सेवा, बितिय संस्था संचालन ,कृषि तथा पशुपालन,शिक्षा तथा स्वास्थ्य सहित बिबिध नाफा मुलक ब्यबसाय गर्ने उदेश्य रहेको समेत बतानु भयो । अन्तरक्रिया कार्यक्रममा लगभग ५० जना मगर ब्यबसायी,समाजसेवी ,राजनितिक एवम युवा बिद्यार्थीहरु समेत आएका थिए । अन्तरक्रिया पछि उपस्थितहरुले यो उपलब्धी र आत्मनिर्भर बन्ने राम्रो अबशर समेत भएको बतानु भयो ।
यस कम्पनीको नाराहरु “आफ्नै लगानी उपभोक्ता आफै,आफै कामदार आफै मालिक”,”गाउँ र शहरमा बजार मगरको,साथ हाम्रो समृद्धि हामी मगरको”,”हामीले नगरे कस्ले गर्ने,अबदेखी अरुको आश कहिले नगर्ने”,”बस्नुपर्दैन मगर बेरोजगार,मगर बिजनेश कम्पनीले बनाउँ छ सबै स्वरोजगार” रहेको छ ।
मगर बिजनेश कम्पनीको केन्द्रिय कार्यालय भने सिन्धुलीमा रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE