हामी कुनै सरकार परिवर्तन गरेर अर्को सरकार बनाइहाल्ने पक्षमा छैनौँ : पोखरेल
१३ फागुन, काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्।
महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहोर्याए।
शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासको जवाफ दिने क्रममा सत्तारूढ गठबन्धनले आफ्नो पार्टीको माग सम्बोधन गर्नेबित्तिकै संसद सुचारु हुने र एमसिसीका विषयमा पनि पार्टीले आवश्यक निर्णय लिने बताए।
महासचिव पोखरेलले गैरकानुनी ढंगले पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजन गराउने काममा सामेल हुने सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने पार्टीको माग रहेको स्मरण गराए।
उनले भने, ‘हाम्रा लागि सत्ताको प्रश्न प्रधान प्रश्न होइन। हामी कुनै सरकारलाई परिवर्तन गरेर अर्को सरकार बनाउने मान्यताको पक्षमा पनि छैनौं।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE