Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

होइन, हाम्रो दिमाग हो की पासवर्ड र पिनकोड राख्ने भाँडो हँ ?

काठमाडाैँ-भनिन्छ बालाबालिका खाली कागजका पान्ना हुन, जहाँ जस्तो सुकै कुरापनि भर्न सकिन्छ अथवा कोर्न सकिन्छ । यो भनाइको अर्थ के होला ? मलाई लाग्छ यसको अर्थ बालबालिकाहरुको दिमाग खाली हुन्छ भन्न खोजेको नै हुनु पर्छ । ता कि बालबालिकाले धेरै कुरा सिक्न सक्छन् ।

पछिल्लो समय मैले एउटा रिसर्च पेपरको अध्ययन गरेको थिएँ । जहाँ यो पुष्टि भएको थियो कि जब बज मानिसको उमेर बढ्दै जान्छ तब तब मानिसको रचनात्मकता पनि घट्दै जान्छ । जसको एउटा कारणका रुपमा त्यहाँ उल्लेख भएको थियो कि मानिसको उमेर सँगसँगै उसले गर्ने क्रियाकलापहरुमा पनि बृद्धि हुदै जान्छन्, उसले सिक्ने कुराहरुको मात्रामा पनि बृद्धि हुदै जान्छ जसका कारण उमेर सँगसँगै मानिसको दिमाग पनि भरिदै जान्छ । यसको मतलब मनिसको दिमागमा जति धेरै प्रेसर हुन्छ त्यति नै धेरै रचनात्मक्ता घट्दै जान्छ ।

मैले यो पनि पढेको छु कि विश्वका धेरै ठुला बैज्ञानिक तथा अन्य बौद्धिक व्यक्तिहरुले मात्र १० प्रतिशत मात्र दिमाग प्रयोग गरेका हुन । तर यहाँ मेरो प्रस्न मानव जिवनको सृष्टि सँगसँगै मानिसको जिम्मेवारी र मानिसको शरिरका जिम्मेवारी निधारित भएर आएका हुन् । यसमा कसैको अधिपत्य छैन् । न त यसलाई कसैले आफ्नो मर्जि अनुसार फेरबदल गर्न सक्छ । सक्ला त केवल जुन अंगको काम हो त्यो गाराउन कृतिम अंग बनाउन तर त्यही अंगले अर्को अंगको काम गर्न सक्ने बनाउन र त्यसको काम र जिम्मेवारीको क्षमता घटबढ गराउन सक्ने त्यस्तो नियन्त्रण मलाई लाग्छ अहिलेको विज्ञान सँग छैन । के आखाले सुन्न सक्ने र हेर्न सक्ने दुबै काम गर्न सक्ने बलाउन सकिन्छ ? त्यो सम्भव छैन् ।

त्यसैले म यो कुरालाई नकार्न सक्दिना कि अहिलेको प्रविधि, अहिलेको विज्ञान वरदान त हो सँगसँगै अभिषप पनि हो । यसको समाधान खोज्नु अहिलेको निकै महत्वपूर्ण विषय हो । यो हेर्नुस हाम्रो दिमागले अहिलेको प्रविधिको एउटा सानो क्षेत्रले यति ठुलो भाग ओगटेको छ । पासवर्ड तथा पिनकोड

के के को पासवर्ड तथा पिनकोड दिमागमा २४ सै घण्टा सम्झि रहनु पर्छ त ?

१. आफ्नो मेन फेसबुकको पासवर्ड  २. आफ्नो फेक फेसबुकको पासवर्ड  ३. आफ्नो २ वटा जिमेलको पासवर्ड   ४. आफ्नो ट्वीटरको पासवर्ड   ५. आफ्नो फेक ट्वीटरको पासवर्ड  ६. आफ्नो टिकटकको पासवर्ड   ७. स्काइपको पासवर्ड  ८. काम गर्ने वेवसाइटको पासवर्ड   ९. आफ्नो मोबाइलको पासवर्ड  १०. आफ्नो २ वटा बैंक एटिएम को पिनकोड   ११. ती बैकका एपहरुको पासवर्ड   १२. ती बैकका एपहरुका पिनकोड   १३. इ–सेवाको पासवर्ड   १४. इ–सेवाको एम पिन कोड   १५. आफुले चलाउने ल्यापटपको पासवर्ड   १६. अफिसको कमप्युटरको पासवर्ड   १७. आफ्नो गर्लफ्रेन्डको फेबुकको पासवर्ड    १८. आफ्नो लगेजको पिनकोड

अव भन्नुस दैनिक यत्रो पासवर्ड मात्र प्रयोग गछौ भने हाम्रो दिमागलाई अरु के कामको लागि प्रयोग गराउने । यस्ले गर्दा हाम्रो रचनात्मक्तालाई असर गर्ला की नगर्ला ? एउटा साधारण मान्छेका लागि यो कति ठुलो भर हो ? यो क्षेत्रका जानकार हरुले भन्नु पर्यो ? नयाँ आधुनिक प्रविधिका कारण मानिस दैनिक अल्छी त बन्दै गइरहेको छ । नयाँ प्रविधिका कारण मनिसको अन्तर सामाजिक, अन्तर साँस्कृतिक तथा अन्तर बैद्धिक सम्बन्धलाई नकारात्मक प्रभाव पारेको त छ नै, त्यस सँगसँगै व्यक्तिको व्यक्तित्व विकासमा यसले प्रभाव पार्छ की पार्दैन ? विज्ञान अभिषप होइन वरदान हो त्यो कुरालाई म मनि समर्र्थन गर्छू तर त्यही विज्ञान आज विध्वंसक बन्दै गइरहेको कुरालाई भने म कदापि नकार्न सक्दिन ।

हिजो केही सन्देश आदान प्रदान गर्दा कि त एक–आपसमा भेट्नु पर्ने हुन्थ्यो कि त अर्को व्यक्तिमार्फत या त पत्र मार्फत उक्त सुचना तथा जानकारी हाँसिल हुन्थ्यो ।  जसका कारण निकै समय खर्च गर्नु पथ्र्यो र अर्को बेफाइदा उक्त सुचना तथा जानकारी चुहावट हुने निकै ठुलो सम्भावना हुन्थ्यो । त्यसलाई अहिलेको बैज्ञानिक याुगले समाधान त गर्यो तर त्यसको साइड इफेक्ट भने निकै महंगो भएको छ । विकसित राष्ट्रहरुले यो विषयमा अनुसन्धान गर्न र समाधान खोज्ने बेला आएको छ ।

यदि यो एउटा समस्या नै हो भन्ने हो भने जहाँबाट यो समस्याको सुरुवात भयो त्यही ठाउँमा पुगर यसको समाधान निकाल्न सक्नु नै अबको खोज र अनुसन्धानको विषय बन्नु जरुरी देखिन्छ ।

भुपेन्द्रबहादुर भण्डारी
जाजरकोट, हाल काठमाडौँ

WRITE COMMENTS FOR THIS ARTICLE