भेरी अस्पतालका चिकित्सकले गरे आन्दोलन स्थगित
- सवाल सम्वाददाता
भेरी- चिकित्सक समायोजनको विरोधमा देशभरका चिकित्सक आन्दोलित छन् । तर बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकले सोमबार पनि बहिरंग सेवा दिएका छन् । भेरी अस्पताल विकास समिति र करारका चिकित्सकले सोमबार बहिरंग सेवा दिएका हुन् । टाढाबाट आउने बिरामीको चापलाई ध्यानमा राखि सोमबार अस्पताल विकास र करारका चिकित्सकले बहिरंग सेवा दिएको अस्पतालका प्रमुखले बताउनुभयो ।
अस्पताल विकास समिति र करारका चिकित्सक समायोजनमा नपर्ने भएकोले सेवा संचालनका लागि आग्रह गरिएको अस्पतालले जनाएको छ । विरामीको चापलाई मध्यनजर गरि सेवा दिन आग्रह गरेपछि चिकित्सकले इन्कार नगरी बहिरंग सेवा दिएको अस्पलाले जनाएको छ । सोमबार झण्डै ५ सय विरामीले उपचार पाएको अस्पताल प्रशासनले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE