एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
एजेन्सी – मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले चीनविरुद्ध सहज जीत हासिल गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई दस विकेटले पराजित गरेको हो । चीनले प्रस्तुत गरेको ५३ रनको लक्ष्य नेपालले ५ ओभरमा पुरा गरेको थियो ।
नेपालका लागि पवन सराफले २१ बलमा नट आउट ४६ रन बनाए । त्यसैगरी रित गौतमले दस रन बनाए । यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालको अघि चिनियाँ खेलाडीहरु निरिह देखिए । २३ ओभर १ ओभरमा चीन ५३ रनमा अल आउट भएको थियो । सागर ढकालले १९ रन खर्चेर ६ विकेट लिएका थिए । त्यसैगरी तिलकराज भण्डारीले ३ र कमलसिंह ऐरीले १ विकेट लिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE