Date
शनि, चैत्र १०, २०८०
Sat, March 23, 2024

माओवादी केन्द्रद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२५ जेठ, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले काभ्रेपलाञ्चोक जिल्लाका गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्र प्रवास समन्वय कमिटीबाट उपलब्ध स्वास्थ सामग्री जिल्ला पार्टी कार्यालय काभ्रेपलाञ्चोकमार्फत स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।

बेथानचोक र भुम्लु गाउँपालिकालाई आज सामग्री हस्तान्तरण गरिएको छ । ती सामग्रीमा पिपिई, एन्टिजेन कीट, पञ्जा, अक्सिमिटर र स्यानिटाइजर छन् ।  यसअघि जिल्लाका तेमाल, रोशी, महाभारत र  खानीखोला गाउँपालिकामा सामान वितरण गरिसकिएको माओवादी केन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE