एचपीभी खोप अभियान: पाठेघरको क्यान्सर रोकथाममा ठूलो पहल

✍️दिनेश सहनी
जनकपुरधाम, माघ २६ – सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी एचपीभी खोप अभियान संचालन गरिरहेको छ। माघ २२ देखि फाल्गुण ६ सम्म चल्ने यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र १०–१४ वर्ष उमेरका विद्यालयबाहिरका किशोरीहरूलाई खोप लगाउने काम भइरहेको छ।
नेपाल चिकित्सक संघले खोप सुरक्षित र गुणस्तरयुक्त भएको प्रमाणित गर्दै निश्चिन्त भई बालिकाहरूलाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागबाट स्वीकृत यो खोपले नेपालमा महिलाहरूको मृत्युको मुख्य कारण मानिएको पाठेघरको क्यान्सर नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
पछिल्लो तथ्यांकअनुसार, नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दिनहुँ ४ महिलाले ज्यान गुमाउने गरेको छ। यस खोप अभियानले दीर्घकालीन रूपमा क्यान्सर नियन्त्रणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE