Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

महामारीका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्ति दिन सरकारसँग पत्रकार महासंघको माग

१३ कात्तिक
काठमाडौं
– कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुका लागि लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ ।महासंघले सो बारे बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाएको छ ।

अर्थमन्त्री पौडेलले सुझावपत्र बुझ्दै महासंघले दिएको सबै सुझावहरु उचित रहेको बताउनुभएको छ । उहाँले कार्यान्वयनका लागि मन्त्रालयको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताउनुभएको छ।

महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण समेत उपलब्ध गराउन माग गरेको जनाएको छ । महासंघले ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ ।

महासंघले दिएका सबै सुझाव एकै पटक लागु गर्न सक्ने अवस्था नभए पनि बर्गीकरण गरी तत्कालिन र दीर्घकालीन रुपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE